
विराटनगर, वैशाख २३ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिलाई सुरक्षित अवतरण गर्नका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि विहीबार साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्रीसमेत रहेका उनले ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनाएपनि त्यसले मुलुकको समस्या समाधान गर्न सक्दैन’–भने ।
बृहत् एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने गच्छदारको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्