
काठमाडौं, वैशाख २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको हल्लामा सत्यता नभएको बताएका छन् ।
विहीबार व्यवस्थापिका–संसदलाई सम्बोधन गर्दै उनले आफू संसदबाट चुनिएको प्रधानमन्त्री भएकाले लोकतान्त्रिक अभ्यासविरुद्ध नउभिने प्रतिबद्धता व्यक्त गरे ।
उनले मुलुकको संकट समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दै सबैलाई एकढिक्का भएर अगाडि बढ्न आग्रह गरे ।
उनले इमान्दारीताकासाथ हुने राष्ट्रिय सहमतिमा आफू बाधक नबन्ने बताउँदै अँध्यारा कोठाहरुमा हुने चलखेल भने मान्य नहुने बताए ।
उनले सरकारका काम–कारबाहीप्रति असन्तुष्टि भए एक ठाउँमा बसेर छलफल गर्न आफू तयार रहेको पनि बताए ।
मुलुकलाई सधैं अशान्त र अस्थिर बनाइ राख्ने तत्वबाट सावधान रहनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।
उनले प्रतिपक्षी दललाई पनि मुलुकको अवस्थालाई मध्यनजर गर्दै स्थिर मुलुक निर्माणमा सहयोगी भूमिका खेल्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्