
काठमाडौं, वैशाख २३ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकार ढाल्ने खेल अहिलेलाई टरेको भन्दै यही सरकारले बजेट ल्याउने बताएका छन् ।
विहीबार राजधानीमा भएको कार्यक्रममा उनले कांग्रेसलाई पनि यही सरकारमा ल्याउने र मिलेर मधेस समस्याको समाधान गर्नेगरी राष्ट्रिय सहमति बनाउने पक्षमा एमाले रहेको बताए ।
तर, कांग्रेस नेता धनराज गुरुङले भने केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफल भएको भन्दै पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार भएको बताए ।
त्यस्तै, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले आफूहरुका माग सम्बोधन नभएसम्म कुनैपनि सरकारमा नजाने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्