
काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे विहीबार छलफल भएको छ ।
एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा राष्ट्रिय सहमतिको सरकार गठन, संविधान कार्यान्वयनलगायतका विषयमा छलफल भएको हो ।
एमाओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय सार्वजनिक गरिरहेको बेला कांग्रेस सभापति देउवा र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो ।
छलफलमा मुलुकमा पछिल्लो दिनमा विकसित राजनीतिक घटनाक्रमबारे नै छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
यस्तै, एमाओवादी अध्यक्ष दाहाल र नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमबीच पनि विहीबारै समसामयिक विषयमा छलफल भएको छ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्