१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


एमाओवादीले तत्काल सरकार नछाड्ने, आजै प्रधानमन्त्रीको सम्बोधन


0
Shares

काठमाडौं, बैशाख २३ । एकीकृत नेकपा माओवादीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत माओवादीले उठाउँदै आएका माग सम्बोधन गर्ने आश्वासन दिएपछि तत्कालका लागि समर्थन फिर्ता नलिने भएको हो ।

एमाले उपाध्यक्ष वामदेव गौतमले आज बिहानै वर्तमान सरकार नै कायम गर्ने वा एमाले–एमाओवादी आलोपालो गरेर भए पनि वामपन्थी गठबन्धन कायम राख्ने वा कम्तिमा बजेट र नीति तथा कार्यक्रम ल्याउन्जेल सरकार जोगाउने प्रस्ताव लिएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा पुगेका थिए ।

त्यसलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासहितसँग भएको वार्तामा दाहालले आफ्नो नेतृत्वमा सरकार बनाउन नसकिने जानकारी दिएका थिए ।

एमाओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले सरकार नछोड्न दबाब दिएपछि दाहाल पछि हटेको बताइएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे संसद् बैठकमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर सम्बोधन गर्न लागेका हुन् ।

एकीकृत माओवादीका अध्यक्ष दाहालले हिजो एक विज्ञप्ती जारी गरी आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर संसदलाई सम्बोधन गर्न लागेका हुन् ।