
काठमाडौं, बैशाख २३ । एकीकृत नेकपा माओवादीका मन्त्री उपस्थित नभएपछि आज बिहानका लागि बोलाइएका मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।
एकीकृत माओवादीले आफ्नै नेतृत्वमा सहमतीय सरकार गठनका लागि पहल सुरु गरेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रीपरिषद्को बैठकमा एमाओवादीका मन्त्री सहभागी भएनन् ।
त्यसपछि तयारी नपुगेको भन्दै प्रधानमन्त्री ओलीले साँझसम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्