३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


भारतको छत्तीसगढमा बस दुर्घटना, १३ जनाको मृत्यु


0
Shares

काठमाडौं, बैशाख २३ । भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

छत्तीसगढको बलरामपुर–रामानुजगञ्ज जिल्लाको दलधोवमा दुर्घटना हुँदा बसमा रहेका अरु यात्रु गम्भीर घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

झारखण्डबाट छत्तीसगढको राजधानी रायपुरका लागि छुटेको बस बुधबार राति अनियन्त्रित भएर सडक छेउमा रहेको नालीमा पल्टिएको प्रहरीले जनाएको छ । बसमा ६३ यात्रु रहेका थिए । (एजेन्सी)