२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

‘वर्ल्ड फिल्म फेष्टिभल’मा अब नेपाली चलचित्र


0
Shares

काठमाडौं, बैशाख २३ । आगामी जुलाई २२ देखि ३०(यही ७ साउन देखि १४) सम्म एकसाता अमेरिकाको क्यालिफोनिया स्थित मिलकपिटास शहरमा आयोजना हुने ‘वल्र्ड फिल्म फेष्टिभल’मा अब नेपाली चलचित्रले पनि सहभागिता जनाउन पाउने भएको छ ।

पि एण्ड एम इनोभेटिभ सर्भिस नेपालले नेपाली चलचित्रका लागी यो अवसर दिलाएको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजक पि एण्ड एम इनोभेटिभ सर्भिसले महोत्सवको बिभिन्न पक्षबारे जानकारी गराएको छ ।

कार्यक्रममा पि एण्ड एम इनोभेटिभ सर्भिस नेपालका निर्देशक शिवराज कार्कीले नेपाली कलासंस्कृतिलाई अन्तराष्ट्रिय पहुँचसम्म पुर्याउन नेपाली चलचित्र ‘वल्र्ड फिल्म फेष्टिभलमा’ पठाउन लागेको बताए ।

‘नेपाली कलासंस्कृतिलाई बिश्वसामु प्रस्तुत गरेर नेपालको गरिमा बढाउन यो एउटा अवसर हुनसक्छ’ निर्देशक कार्कीले भने ‘यसले नेपाली कलासस्कृतिको मार्केट पनि बिश्वबजारमा बढ्ने अवसर श्रृजना हुनेछ ।’

बुधबारबाटै आयोजक पि एण्ड एम इनोभेटिभ सर्भिसले ‘वल्र्ड फिल्म फेमा सहभागीका लागी चलचित्रहरुलाई आवेदन खुल्ला समेत गरिएको छ ।

फेष्टिभलमा जुनै भाषमा निर्माण भएका चलचित्र ,भिडियो चलचित्र, टेलिचलचित्र, डकमेन्ट्री,म्युजिक भिडियो फिक्सन ,ननफिक्सन जुनै प्रकारका मनोरञ्जनात्मक सामाग्रीले पनि सहभागीता गराउन पाउँनेछ ।

नेपाली चलचित्रको बिषयमा भने २०७३ बैशाख ३० गते भित्र प्रदर्शनमा आएकाले मात्र सहभागीता जनाउन पाउँने प्रवधान आयोजकले तोकेको छ । सहभागिताका लागी चलचित्रले यही जेठ ३० गतेसम्म आवेदन फरम भर्नु पर्नेछ ।

बिश्वका ३० भन्दाबढी राष्ट्रहरुको सहभागीता रहने र नियमीत आयोजना हुँदै आएको फेष्टिभलमा नेपाल पहिलो पटक सहभागी हुन लागेको हो ।

यो फेष्टिभलमा बंगाल ,चाइनिज , मराठीलगायत अनेक भाषामा निर्माण भएका चलचित्र समेत प्रदर्शन हँदै आएका छन् ।

फेष्टिभलमा बेष्ट वल्ड इज गोल्ड, बेष्ट क्लासिक आइकन,बेष्ट चलचित्र,बेष्ट फिचर साउथ एसिया, बेष्ट डकुमेन्ट्री, बेष्ट सट फिल्म, बेष्ट निर्देशक ,बेष्ट सट स्कृन प्ले, बेष्ट म्युजिक भिडियो, बेष्ट निर्माता , बेष्ट अभिनेता /अभिनेत्री, बेष्ट डेब्यु निर्देशक ,बेष्ट सह– अभिनेता/अभिनेत्रीलगायत २२ बिधामा पुरस्कृत गरिनेछ ।

प्रत्येक बिधाका लागी आवेदन परेका चलचित्र तथा चलचित्रकर्मी मध्यबाट छानिन् सफल उत्कृष्ट पाँचले मात्र महोत्सवमा सहभागीता जनाउन पाउने आयोजकले जनाएको छ ।

महोत्सवमा सहभागीताका लागी चलचित्रहरुले सुकेधारा काठमाडौमा रहेको पि एण्ड एम इनोभेटिभ सर्भिसबाट आवेद फर्म पाउन सक्नेछन् । अन्य जानकारीका ‘वल्र्ड फिल्म फेष्टिभल’को आधिकारीक वेभसाइटबाट पनि सिधै लिन सकिनेछ ।