१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


प्रधानमन्त्रीले राष्ट्रपति भेटे


0
Shares

काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवास पुगी पछिल्लो राजनीतिक घटनाक्रमबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका हुन् ।

सत्ता साझेदार एकीकृत नेकपा माओवादीले बुधबारै नेपाली कांग्रेसको समर्थनमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

राष्ट्रपतिसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएको बताइएको छ ।

फाइल फोटो