१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अन्तिम समयसम्म सरकारको प्रतिरक्षामा लाग्ने राप्रपा नेपाल निर्णय


0
Shares

काठमाडौं, वैशाख २२ । राप्रपा नेपालले अन्तिम समयसम्म वर्तमान सरकारको प्रतिरक्षामा खडा रहने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता राजाराम श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिमा ‘संविधान कार्यान्वयनको चरणमा रहेको र मुलुक राजनीतिक स्थिरता हुँदै आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको सन्दर्भमा सुरु भएको सत्ता परिवर्तनको खेल उपयुक्त हैन’–भनिएको छ ।

राप्रपा नेपालले सत्ता परिवर्तनको खेलले संविधान कार्यान्वयनलाई थप जटिल बनाउने र भूकम्पपछिको पुनःनिर्माणको काममा नकारात्मक प्रभाव पार्नुका साथै राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासमेतलाई कमजोर बनाउने भएकाले सरकार परिवर्तनको निर्णयमाथि पुनःविचार गर्न एकीकृत नेकपा माओवादीसँग आग्रह पनि गरेको छ । रासस

फाइल फोटो