१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कमल थापाको सुझाव–‘पदको लोभमा सरकार परिवर्तनको खेलमा नलाग्नोस्’


0
Shares

सुवर्ण श्रेष्ठ (इमेज)

हेटौंडा, वैशाख २२ । उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदको लोभमा परेर सरकार परिवर्तन गर्ने खेलमा नलाग्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

राप्रपा नेपालले बुधबार मकवानपुरमा गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि आँच पुर्‍याउने काममा नलाग्न सुझाव दिएका हुन् ।

उनले एकीकृत नेकपा माओवादीको सरकार परिवर्तन गर्ने निर्णयले राष्ट्रियता कमजोर हुने भन्दै निर्णयप्रति पुनर्विचार गर्न आग्रह गरे ।

सरकारमा सहभागी सबै दल एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सरकार परिवर्तनको फेरबदल गर्ने प्रवृत्तिभन्दा माथि उठेर भूकम्पपीडित जनताको घर पुनःनिर्माण र मधेस आन्दोलनको समाधानका विषयमा ध्यान दिन आग्रह गरे ।