
काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ ।
आफ्नो नेतृत्वमा सहमतीय सरकार गठन गर्ने पार्टीको निर्णय लिएर बालुवाटार पुगेका दाहालले प्रधानमन्त्रीसँग करिब २० मिनेट छलफल गरेका थिए ।
एमाले स्थायी समितिको बैठक चलिरहेका बेला दाहालले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीको निर्णय जानकारी गराएका हुन् ।
भेटमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा समेत छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्