१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सरकारको नेतृत्व परिवर्तन गर्ने निर्णयमा पुनर्विचार गर्न एमाओवादीलाई एमालेको आग्रह


0
Shares

अपडेटः
काठमाडौं, वैशाख २२ । नेकपा एमालेले सरकारको नेतृत्व परिवर्तन गर्ने निर्णय पुनर्विचार गर्न एकीकृत नेकपा माओवादीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको एमाले स्थायी कमिटीको बैठकले सरकारको नेतृत्व परिवर्तन गर्ने माओवादीको निर्णयमा पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप लिन सकिने भन्दै त्यसका लागि पहल गर्न शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय सहमतिको पहल गरी पुनर्निर्माणको कामलाई तीव्रता दिनसमेत प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सरकारको काम गतिहीन हुँदा पार्टीप्रति नकारात्मक सन्देश जाने भन्दै जनताको कामलाई प्राथमिकतामा राख्न सुझाव दिइएको हो ।

बैठकले संविधान कार्यान्वयनमार्फत् राजनीतिक स्थायित्वका लागि दृढताकासाथ अगाडि बढ्ने निर्णय पनि गरेको छ ।

फाइल फोटो