३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


भोक मार्न सानो परिमाणमा खाना चोरिनु अपराध नभएको अदालतको ठहर


0
Shares

काठमाडौं, वैशाख २१ । इटालीको उच्च अदालतले भोक मार्न सानो परिमाणमा खाना चोरिनु अपराध नभएको ठहर गरेको छ ।

युर्केनी पृष्ठभूमिका एक व्यक्तिले सुपरमार्केटबाट खाना चोरीको आरोपको विवादमा तत्कालको भोक मार्न सानो परिमाणमा खाना चोरिनु अपराध नभएको अदालतले ठहर गरेको हो ।

अदालतले घरबारविहीन युर्केनी पृष्ठभूमिका रोमन अष्ट्रियाकोभले तत्कालको पोषणको आवश्यकता पूरा गर्न सुपरमार्केटबाट खाना लिएको आफ्नो निर्णयमा उल्लेख गरेको छ ।

खानाको अत्यावश्यक पूरा गर्न सानो परिमाणमा खाना चोर्नु वैधानिकरुपमा अपराध नहुने अदालतको फैसलामा उल्लेख छ ।

अष्ट्रियाकोभले सुपरमार्केटबाट ४ दशमलव ५० डलरको चिज र ससेज चोरी गरेका थिए ।

अदालतले कुनैपनि सभ्य समाजमा खराब मानिसले पनि खाना पाउनुपर्ने जनाएको छ ।

सन् २०११ को उक्त घटनामा अष्ट्रियाकोभलाई सन् २०१५ मा आएर चोरी गरेको ठहर गर्दै ६ महिनाको जेल सजाय र एक सय पाउन्ड जरिवाना गराइएको थियो । (एजेन्सी)