५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


एमफेटामाइनको अन्तर्राष्ट्रिय धन्दा चलाउने नेपालका एजेन्ट ५० लाखसहित पक्राउ (भिडियो)


0
Shares

काठमाडौं, वैशाख २१ । अवैध लागूऔषध एमफेटामाइन (आइस)का अन्तर्राष्ट्रिय कारोबारीलाई प्रहरीले ५० लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

लागूऔषध एमफेटामाइन (आइस)को अन्तर्राष्ट्रिय कारोबारीको नेपालका एजेन्ट पूर्णबहादुर पाख्रिन तामाडलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका पाख्रिनलाई सार्वजनिक गरेको हो ।

धादिङ सत्यदेवी घर भएका पाख्रिन काठमाडौं र नुवाकोटका विभिन्न स्थानमा बस्दै आएको र एमफेटामाइनको अन्तर्राष्ट्रिय कारोबारी चलाउने मुख्य व्यक्ति धर्म तामाड पाख्रिनको भाइ भएको प्रहरीले जनाएको छ । धर्म हाल थाइल्यान्डमा रहेको प्रहरीले जनाएको छ ।

आफू प्रहरीको पक्राउ सूचीमा रहेको थाहा पाएपछि पूर्णले प्रहरीको खोजी सूचीबाट आफ्नो नाम हटाउन र आफ्नो मुद्दा मिलाउन ५० लाख रुपैयाँ लिइ प्रहरीलगायतका विभिन्न निकायमा सम्पर्क गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि, प्रहरीले एमफेटामाइनसहित नेत्र गुरुङ र चित्र तामाङलाई पक्राउ गरेको थियो ।

उनीहरुकै बयानका आधारमा पूर्ण पाख्रित नेपाल प्रमुख भएको पत्ता लागेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ सूचीमा राखेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्