
काठमाडौं, वैशाख २१ । अलग्गै थरुहट प्रदेशको मागसहित विगत लामो समयदेखि थरुहट क्षेत्रमा आन्दोलन गर्दै आएको थारुवान संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी थारुवान संघर्ष समितिले वैशाख २४ देखि जेठ २ गतेसम्मका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसमा विरोधसभादेखि आमहडतालसम्मका कार्यक्रम छन् ।
सरकार र प्रमुख राजनीतिक दलहरुले आफूहरुका मागको बेवास्ता गरेको भन्दै बाध्य भएर आन्दोलनको घोषणा गर्नुपरेको थारु कल्याणकारीसभाका अध्यक्ष धनीराम चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस्