६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


यी हुन् क्यानडाको नक्कली भिसा लगाइ ‘लाखौं ठग्ने’ कन्सल्टेन्सी सन्चालक


0
Shares

काठमाडौं, वैशाख २० । क्यानडाको नक्कली भिसा लगाइ लाखौं रुपैयाँ ठगी गर्ने एकजना कन्सल्टेन्सी सन्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंको बसुन्धरास्थित प्रवल एजुकेसन कन्सल्टेन्सीका सन्चालक डेन्जिन लामालाई पक्राउ गरेको हो ।

पक्राउ परेका लामाले क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।

उनले रामेछापका राजु श्रेष्ठ, देवेन्द्र सुनुवार, दोलखाका विवेकराज कार्की र भक्तपुरका रमेशकुमार केसीलाई क्यानाडा पठाइदिने भन्दै जनही १५ लाख रुपैयाँ माग गरेका थिए ।

क्यानाडा जान चाहने उनीहरुले पहिलोपटक ५० हजार बुझाएको र पछि लामाले नक्कली भिसा देखाएर बाँकी रकम माग गरेको प्रहरीले जनाएको छ ।

उनको कन्सल्टेन्सी शैक्षिक परामर्श केन्द्रमा दर्तासमेत नभएको भेटिएको पनि प्रहरीले जनाएको छ ।