
काठमाडौं, वैशाख २० । अमेरिकामा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारका आकांक्षीको दौडमा अगाडि रहेका डोनाल्ड ट्रम्पले चीनले अमेरिकालाई व्यापारिक नीतिका हिसाबले ‘बलात्कार’ गरेको गम्भीर आरोप लगाएका छन् ।
ट्रम्पले चीन र व्यापारका सन्दर्भमा बलात्कार शब्द प्रयोग गरेको यो पहिलोपटक हो ।
इन्डियानामा आयोजित र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले चीन विश्व इतिहासकै सबैभन्दा ठूलो चोरीमा जिम्मेवार रहेको दाबी पनि गरे ।
अर्बपति व्यापारी ट्रम्पले चीनले विश्वव्यापीरुपमा आफ्ना उत्पादनलाई थप प्रतिस्पर्धी बनाउन चिनियाँ मुद्रालाई मनलागि प्रयोग गरेको आरोपसमेत लगाए ।
यसले गर्दा अमेरिकी व्यापार र कामदार नराम्ररी ध्वस्त भएको उनको जिकिर थियो ।
पछिल्लो तथ्यांकअनुसार चीनसँग अमेरिकाको व्यापारिक घाटा अहिलेसम्मकै उच्च ३ सय ७० विलियन डलर पुगेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्