
काठमाडौं, वैशाख २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
बल्खुस्थित वयोधा अस्पतालमा एक सातादेखि मुटुरोगसम्बन्धी उपचार गराइरहेका अध्यक्ष चन्दको स्वास्थ्यमा राम्रो प्रगति हुँदै गएको पार्टीका प्रवक्ता किरण गिरीले जानकारी दिए ।
केही दिनअघि उनको मुटुको शल्यक्रिया गरिएको थियो । सोमबारदेखि पूर्वप्रधानमन्त्री चन्दले सामान्य कुरा गर्ने तथा झोलिलो खानेकुरा खान थालेका छन् ।
प्रवक्ता गिरीकाअनुसार उनको स्वास्थ्यमा अहिले जस्तै सुधार हुँदै गएमा चाँडै अस्पताल मुक्त गर्न सकिने छ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्