
काठमाडौं, वैशाख १९ । दक्षिण अमेरिकीमुलुक इक्वेडरमा हालै गएको भूकम्पका कारण भग्नावशेषमा पुरिएका एक बृद्धलाई १३ दिनपछि जिउँदै उद्धार गरिएको छ ।
उद्धारकर्ताले ७२ वर्षीय मेनुअल वास्केजलाई सकुशल बाहिर निकालेका हुन् ।
मनाबी प्रान्तको एक क्षतिग्रस्त भवनबाट उद्धारकर्मीलाई बोलाएको वास्केजको आवाज सुनेपछि उद्धारकर्मीले सकुशल निकालेका हुन् ।
स्वासप्रश्वासमा समस्या देखिएको उनको अस्पतालमा उपचार भइरहेको छ ।
भेनेजुयलाको क्विटोस्थित दूतावासले इक्वेडरको भ्रमणमा आएका मेनुअल बास्केजलाई पत्ता लगाएर उद्धारकर्मीले सकुशल बाहिर निकालेको जनाएको हो ।
इक्वेडरमा गत १७ अप्रिलमा ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परेर ६ सय ६० जनाको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्