४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


सुनको भाउ ५७ हजार पुग्यो


0
Shares

काठमाडौं, वैशाख १९ । आइतबार पनि सुनको मूल्य उकालो लाग्नेक्रम जारी रह्यो ।

स्थानीय बजारमा छापावाल सुनको भाउ तोलाको ५७ हजार रुपैयाँ पुग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले उकालो लागेर ५७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रबार एकैपटक १२ सय रुपैयाँले उकालो लागेर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि ५ रुपैयाँले बृद्धि भएर ८ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९३ डलर हाराहारीमा कारोबार भएको थियो ।