
काठमाडौं, वैशाख १९ । नेपाल भाषा–साहित्यको क्षेत्रमा अविरल योगदान पुर्याउँदै आएकी कथाकार तथा निबन्धकार प्रकाश प्रधानांगका चारओटा पुस्तक आइतबार राजधानीमा विमोचन गरिएका छन् ।
विमोचन गरिएका पुस्तकहरुमा आत्मप्रकाश भाग २ – नेपाल भाषा, नमेटिएका स्मृतिका छापहरु, आस्थालाई चिट्ठी र आत्मप्रकाश भाग १ नेपाली अनुवाद रहेका छन् ।
पुस्तकहरुको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, वरिष्ठ साहित्यकार गीता केशरी, लक्ष्मण राजवंशी र अभि सुवेदीले विमोचन गरेका थिए ।
सोही अवसरमा ईश्वरीमैया श्रेष्ठको पुस्तक अयोध्याप्रसाद प्रधान – व्यक्तित्व व कृतित्वको विमोचन प्रा. डा. दयाराम श्रेष्ठले गरे ।
पुस्तकहरु भिक्षु सुदर्शन लुमन्ति पुचःद्वारा प्रकाशित गरिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्