
काठमाडौं, वैशाख १९ । १ सय २७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाली कांगेस निकट ट्रेड युनियन कांग्रेसले पनि आइतबार राजधानीमा कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा सहभागी मजदुर क्षेत्रका प्रतिनिधिहरुले नेपालका श्रमिकहरु अझैपनि आधारभूत अधिकारबाट बन्चित भएको भन्दै यसको रक्षाका लागि कांग्रेसले विशेष अभियान सन्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले श्रम आयोग गठन गरेर समग्र मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।
यस्तै, कांग्रेस नेता विमलेन्द्र निधि, शेखर कोइरालालगायतले मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्न कांग्रेसबाट प्रभावकारी पहल हुन नसक्नु दुःखद भएको बताए ।
सो संगठनको आह्वानमा भद्रकालीबाट निकालिएको र्याली सुन्धारा, न्युरोड, रत्नपार्क हुँदै प्रज्ञा भवनमा पुगेर सभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्