
काठमाडौं, वैशाख १९ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक अधिकार प्राप्तिको कालखन्ड पूरा भएको भन्दै अब समृद्धिका लागि अगाडि बढ्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले परिवर्तित अवस्थामा मजदुरहरु पुनव्र्यवस्थित हुनुपर्ने बताए ।
अहिलेको अवस्थामा श्रमशक्तिको सहभागितामा ध्यान नपुर्याए आगामी दिनमा चुनौतीको सामना गर्नुपर्ने पोखरेलको भनाइ थियो ।
कार्यक्रममा सो महासंघका अध्यक्ष विष्णु रिमालले उत्पादनका लगि संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्