१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


एमाओवादी निकट ट्रेड युनियनले प्रभातफेरी निकाल्यो


0
Shares

काठमाडौं, बैशाख १९  । एकीकृत माओवादीनिकट ट्रेड युनियनले मजदुर दिवसको अवसरमा प्रभातफेरी निकालेको छ ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली, न्यूरोडगेट, बीर अस्पताल हुँदै शान्ति बाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

काम अनुसार ज्याला देउ, मजदुर सुरक्षामा ध्यान देउलगायतका नारा र्‍यालीका सहभागिले लगाएका थिए । शान्ति वाटिकामा भएको सभालाई एकीकृत माओवादीका नेताहरुलेसमेत सम्बोधन गरेका थिए ।