१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


लेखक संघमा नयाँ नेतृत्वका लागि आज निर्वाचन


0
Shares

काठमाडौं, वैशाख १९ । नेपाली लेखक संघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । शनिबारबाट राजधानीमा सुरु भएको छैटौं अधिवेशनका क्रममा आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा दुई र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा नवराज लम्साल र वियोगी बुढाथोकीले उम्मेदवारी दिएका छन् भने महासचिवमा ठाकुर बेलबासे र रत्नमणि नेपालले उम्मेदवारी घोषणा गरेका छन् ।

दिउँसो १ बजेदेखि मतदान सुरु हुने जनाइएको छ । मत परिणाम आजै सार्वजनिक हुने छ ।

संघका विभिन्न ४० जिल्लाबाट ३०० जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।