
धनकुटा, वैशाख १८ । सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १२औं संस्करण शनिबारदेखि धनकुटामा सुरु भएको छ ।
उद्घाटन खेलमा आयोजक धनकुटा–११ विजयी भएको छ ।
धनकुटाले राउत कन्ट्रक्सन मोरङलाई ३—१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
धनकुटाको जितमा बुद्ध चेम्जोङले दुई र सुजल श्रेष्ठले एक गोल गरे ।
राउत कन्ट्रक्सनका लागि विजय धिमालले पेनाल्टीमार्फत् एक गोल फर्काए ।
खेलको ‘म्यान अफ द म्याच’ धनकुटाका बुद्ध चेम्जोङ घोषित भए ।
प्रतिक्रिया दिनुहोस्