
काठमाडौं, वैशाख १८ । कार्ल्सबर्ग क्लासिक गल्फ टुर्नामेन्ट–२०१६अन्तर्गत् पुरुषतर्फको उपाधि महेन्द्र के मैनालीले जितेका छन् ।
शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा ४७ अंककासाथ मैनालीले उपाधि जितेका हुन् ।
मैनालीभन्दा २ अंकले पछि परेका रविन्द्र सैनी ४५ अंककासाथ दोस्रो भए ।
प्रतियोगिताअन्तर्गत् महिलातर्फ ३८ अंककासाथ प्रतिमा शेर्पा पहिलो भएकी छन् । शेर्पाले दोस्रो भएकी पुष्पा राईलाई मात्र १ अंकले पछि पारिन् ।
दुईदिने प्रतियोगितामा १८ जना पुरुष र २४ जना महिला खेलाडी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्