
काठमाडौं, वैशाख १८ । युवाहरुले योग्यता, क्षमता एवं दक्षताअनुसारको रोजगारी नेपालमै पाउनुपर्ने मागकासाथ चार दिनदेखि १२ जना युवाहरु काठमाडौंको खुलामन्चमा आमरण अनसनमा बसेका छन् ।
रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्ति अभियानले आयोजना गरेको अनसनमा त्रिभुवन विश्वविद्यालयलगायतमा अध्ययन गरेका युवाहरु आफ्नो ‘सर्टिफिकेट’ साथमै राखेर आमरण अनसन बसेका छन् ।
अभियानका संयोजक चन्द्रबहादुर थापाले युवाहरुलाई देशमै कामको अवसर दिन दबाब दिने उद्देश्यले अनसन बसेको हामीलाई बताए ।
उनले सरकारले आफूहरुको माग सुनुवाइ नगरे अनसनलाई निरन्तरता दिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्