४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


रसुवागढी जलविद्युत् आयोजनाको प्रिफ्याक जल्दा दुई करोडको क्षति


0
Shares

रसुवा, वैशाख १८ । रसुवाको टिमुरेमा निमार्णाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको चिनियाँ कामदार बस्ने ‘प्रिफ्याक’ भवन जलेर नस्ट भएको छ ।

शनिबार विद्युत्सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

चाइना ठेकेदार कम्पनी चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक को–अपरेसनका चिनियाँ कामदार बस्ने दुईतले भवन नस्ट हुँदा करिब दुई करोड रुपैयाँको क्षति भएको आयोजनाका वातावरण तथा जनसम्पर्क अधिकृत तेज साउदले बताए ।

लामो समयदेखि बन्द रही निमार्णकार्य सुरू हुन लागेको आयोजनाको भवनमा ४८ जना बस्ने क्षमता छ । भवनमा हाल १९ जनामात्र बस्दै आएका थिए ।

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, नेपाली सेना, आयोजनाका कर्मचारी र स्थानीय बासिन्दाले दुई घन्टापछि नियन्त्रणमा लिएका थिए ।