८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सरस्वती पहिलो


0
Shares

काठमाडौं, वैशाख १८ । १७औं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताको महिला १ सय मिटर दौडमा सरस्वती चौधरी पहिलो भएकी छन् ।

सरस्वतीले निर्धारित दूरी १२ दशमलव ६ सेकेन्डमा पूरा गरिन् ।

शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सोही स्पर्धाको पुरुषमा आशिष खत्री पहिलो भए । उनले ११ दशमलव ३ सेकेन्ड समयमा दूरी पूरा गरेका हुन् ।

पुरुष ८ सय मिटर दौडमा ओमप्रकाश शाह २ मिनेट ११ दशमलव २ सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहे ।

उक्त स्पर्धाको महिलामा काजल विष्ट पहिलो भइन् । काजलले २ मिनेट ४५ दशमलव ५ सेकेन्डमा दौड सिध्याइन् ।

भियतनामको होचिमिनमा आगामी जेठ २० गतेदेखि हुने प्रतियोगिताको छनोटमा २२ खेलाडी सहभागी भएको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।

एक खेलाडीले भियतनाम जाने अवसर प्राप्त गर्नेछन् ।