
काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगतिशील साहित्यकार तथा लेखक रामप्रसाद शर्माको निधनप्रति शोक व्यक्त गरेका छन् ।
राजधानीको प्रज्ञा प्रतिष्ठानका राखिएको शर्माको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा शर्माको योगदान महत्वपूर्ण रहेको बताए ।
२०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका शर्मा नेकपा एमाले केन्द्रीय सांस्कृतिक विभागका सदस्य, राष्ट्रिय जनसांस्कृतिक महासंघका संस्थापक सदस्य र जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका महाप्रवन्धकसमेत भएका थिए ।
२००४ सालमा अर्घाखाचीमा जन्मनुभएका शर्माका दुई छोरा र श्रीमती छन् ।
प्रतिक्रिया दिनुहोस्