
काठमाडौं,वैशाख १८ । भूकम्प प्रभावित क्षेत्रमा अन्तराष्ट्रिय गैरसरकारी संस्था, गैरसरकारी संस्था तथा अन्य विभिन्न संघ संस्थाले अबौं रुपैया उठाएको पाइएको छ ।
यी संस्थाहरुले भूकम्पपीडितलाई आपतकालीन राहत उपलव्ध गराउन भन्दै ३० अर्ब रुपैयाभन्दा बढी विभिन्न स्रोतबाट प्राप्त गरेको भएपनि त्यसहनुसार पीडितले राहत पाएका छैनन् ।
वैशाख १२ देखि पुस १६ गतेसम्म विभिन्न आइीएनजिओ, एनजिओ निजी संस्था तथ रेडक्रस लगयतका संघसंस्थाले ३० अर्व रुपैयाँ भन्दा बढी रकम भूकम्पपीडितका नाममा संकलन गरेका हुन् ।
यी संघसंस्थाले हलसम्म नेपालका भूकम्पपीडितको नाममा कति रकम उठाए र खर्च गरे भन्ने सार्वजनिक समेत गरेका छैनन् ।
मानवीय मामिला समन्वय गर्ने संयुक्त राष्ट्रसंघीय कार्यालय(यूनएनओचा)को प्रतिवेदनअनुसार भूकम्पछि ८ महिनाको अवधिमा भूकम्पपीडितका लागि आपतकालीन राहत भन्दै विभिन्न १ सय २५ भन्दा बढी आइएनजिओ, एनजिओ, निजी संस्था तथा प्रतिष्ठान, रेडक्रस/रेड क्रिसेन्टलगायत संसघसंस्थाले ३० अर्ब रुपैंयाँ बढी रकम संकलन गरेका हुन् ।
प्रतिवेदनअनुसार आइएनजिओ एनजिओले ११ अर्ब ३७ करोड रुपैंया, निजी संस्था तथा प्रतिष्ठानले २४ करोड ५० लाख रुपैंया, रेडक्रस÷रेडक्रिसेन्ट संस्थाले ४ अर्ब ३९ करोड रुपैंया उठाएका छन् । नामै नखुलाई विभिन्न आइएनजिओ, एनजिओ, निजी संस्था तथा प्रतिष्ठान, रेडक्रस/रेड क्रिसेन्ट संस्थाले १४ अर्ब ४० करोडभन्दा बढी रुपैंयाँ संकलन गरी खर्चेका छन् ।
-नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्