
काठमाडौं, बैशाख १७ । नेपाल आयल निगमले हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ ।
पछिल्ला केहि दिन राजधानीका पेट्रोल पम्पहरुमा लामो लाइन लाग्न थालेपछि निगमले मागे अनुसार नै इन्धन पाउने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको हो ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेले दुई दिन रक्सौलबाट इन्धन नआउँदा समस्या देखिएपनि त्यो धेरै दिनका लागि नभएको बताए ।
उनले माग अनुसार नै इन्धन आइरहेको बताए । प्रवक्ता घिमिरेले भारतीय आयल कर्पोरेशनसँग मासिक ३७ हजार मेट्रिक टन ग्यास आयात गर्ने समझ्दारी भएको पनि जानकारी दिए ।
एक डेढ महिनामा यहि परिमाणमा ग्यास ल्याउँदा अवस्था सामान्य हुने निगमको भनाई छ । ग्यास उद्योगीले भने अझै ग्यासको काटा बढाउनुपर्ने माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्