४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


सुनको मूल्यमा १२ सयले बृद्धि


0
Shares

काठमाडौं, बैशाख १७ । शुक्रबार सुनको मूल्यमा उच्च बृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य एकै पटक तोलामा १२ सयले बृद्धि भएर ५६ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन १ सयले बढेर ५५ हजार ३ सयमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भएको मूल्य बृद्धिसंगै सुनको भाउमा पनि उच्च बृद्धि हुन पुगेको जनाइएको छ ।

चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर ८ सयमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रति औंन्स १२ सय ७७ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।