
काठमाडौं, बैशाख १७ । अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीबाट निलम्बित नेपाल क्रिकेट संघ क्यानको निर्बाचित समितिले राष्ट्रिय खेलकुद परिषदका कारण क्यान निलम्बनमा परेको आरोप लगाएको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी चतुरबहादुर चन्द नेतृत्वको समितिले राखेपले अभिभावकको भूमिका खेल्नु पर्नेमा गलत कदम चाल्दा क्यान निलम्बनमा परेको आरोप लगाएको हो ।
सो अवसरमा समितिका महासचिव अशोकनाथ प्याकुरेलले आपूmहरुले क्यानको अस्तित्व जोगाउन लामो समयदेखि प्रयास गरेपनि असफल भएको बताए ।
राखेपले ठोस प्रस्ताव आपूmहरु सहकार्यका लागि तयार रहेको भन्दै उनले तर सहमतिको नाममा विधि विपरित कुनै काम नगर्ने बताए ।
राखेप र निर्वाचित समितिबीच सहमति बनेपनि आइसीसीले मान्यता दिने संभावना क्षीण रहेको उनको भनाइ थियो ।
क्यानका तत्कालिन अध्यक्ष टंक आङ्बुहाङ र महासचिव उत्तम कर्माचार्य लगायतका पदाधिकारी तथा राखेपको असहमतिका बीच क्यानको एउटा पक्षले अधिवेशन गरी चन्दलाई अध्यक्ष चुनेको थियो ।
त्यसपछि राखेपले एमाले कार्यकर्ता समेत रहेका रमेश सिलवालको नेतृत्वमा समानान्तर समिति गठन गरेको थियो ।
दुई पक्षको झगडाले चरम रुप लिदै गएपछि आइसीसीले केही दिन अघि क्यानलाई नै निलम्बन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्