४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


पाँच वर्षमा पनि बन्न सकेन पुल


0
Shares

सिन्धुली, वैशाख १७ । सिन्धुली र मकवानपुर जोड्ने बागमती नदीमा निर्माणाधीन पुल समयमै सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाई भएको छ ।

राष्ट्रिय गौरवको आयोजनामा पर्ने धरान– चतरा–गाईघाट, कटारी–सिन्धुली–हेटौंडा सडकअन्तर्गत बागमती नदीमा पुल निर्माण गर्न शुरु भएको ५ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको हो ।

पुल निर्माणको ठेक्का पाएको स्वच्छन्द निर्माण सेवाले ढिलासुस्ती गरेको स्थानीयको आरोप छ । निर्माण कम्पनीले तीन वर्षभित्र पुल निर्माण सक्ने प्रतिबद्धता जनाएको थियो ।

काममा ढिलाई हुँदा तयार पारिएका संरचनासमेत जीर्ण बन्न थालेका छन् ।