२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


आगामी २३ गते देखि राजधानीमा हस्तकला मेला


0
Shares

काठमाडौं, बैशाख १६ । हस्तकलाको आन्तरिक बजार बिकास तथा निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले आगामी बैशाख २३ गतेदेखि १३र्औ हस्तकला ब्यापार मेला तथा ११औं प्रतियोगितात्मक हस्तकला प्रर्दशनी हुँदै छ ।

वाणिज्य मन्त्रालयको सहयोगमा नेपाल हस्तकला महासंघको आयोजनामा हुन लागेको ५ दिने प्रदर्शनीले भुकम्प र नाकाबन्दीपछि प्रभावित हस्तकलाको बजार प्रबद्र्धनमा सहयोग पुर्‍याउने विश्वास आयोजकको छ ।

नेपालको निर्यात ब्यापार र आन्तरिक बजारमा हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान रहेको छ ।

हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु जर्मनी, फान्स, बेलायत, जापान, चीन, भारत लगायत ८० भन्दा बढि मुलुकहरुमा १० अरब भन्दा बढिको निर्यात हुँदै आएको जनाइएको छ । देश भित्र आन्तरिक उपभोग करिब १० अरब बराबरको रहेको महासघंले जनाएको छ ।