२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग र भन्सार विभाग वीच सम्झौता


0
Shares

काठमाडौं, बैशाख १६ । भन्सार प्रशासन मा हुन सक्ने संभावित सम्पत्ती शुध्दीकरणका प्रयासलाई रोकेर राजस्व प्रशासनको प्रभावकारिता बृद्धि गर्ने उद्देश्यका साथ सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागमा विभाग र भन्सार विभागबीच समझदारी भएको छ ।

समझदारीपत्रमा विभागका तर्फबाट महानिर्देशक दामोदर रेग्मी र भन्सार विभागका तर्फबाट महानिर्देशक शिसिर कुमार ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

यस सहमतिले भन्सार विभागलाई अवैध निकासी पैठारी रोक्ने काममा र  सम्पत्ती शुध्दीकरण अनुसन्धान विभागलाई सम्पत्ती शुद्धीकरण नियन्त्रणमा भन्सार प्रशासनको सहयोग परिचालनमा सहयोग पुग्ने जनाइएको छ ।