
काठमाडौं, बैशाख १६ ।साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार उकालो लाग्यो ।
यस दिन पनि बजार परिसूचक ६ अंक बढीले उकालो लागेर १४ सय ६४ दशमलब नौ एक पुग्यो । यस दिन कारोबार पनि उच्च रह्यो । कारोबार भएका सबैजसो समूह सकारात्मक रहे ।
बीमा समूहमा १ सय ११ अंकको उच्च बृद्धि आयो । जलविद्युत समूह ९ अंकले, होटल समूह ८ अंकले र विकास बैंक समूह ७ अंकले उकालो लागे ।
वित्त र वाणिज्य बैंक समूह सामान्य अंकले सकारात्मक रहे । अन्य समूह स्थीर रह्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय २९ कम्पनीको १२ लाख ७२ हजार बराबर कित्ता शेयर ९६ करोड ६३ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्