
काठमाडौं, बैशाख १६ । राजधानीमा जारी महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको सुपर लिग चरण अन्तर्गत आज सम्पन्न खेलमा बिभागीय टोली नेपाल पुलिस क्लब बिजयी भएको छ ।
सात दोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सम्पन्न खेलमा पुलिसले अर्को बिभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा १–० ले पछि परेको पुलिसले नतिजा उल्ट्याउँदै बिजयी भएको हो । पुलिसलाई बिजयी गराउन निशा सुनवारले २ गोल गर्दा अर्को १ गोल सिर्जना खड्काले गरिन् ।
खेल सुरु भएको छैटौ मिनेटमै अनु लामाको गोल मार्फत एपीएफ्ले सुरुवाती अग्रता लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्