८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


महिला फुटबलमा नेपालको पोष्टमा बंगलादेशले गर्‍यो गोलको बर्षा


0
Shares

काठमाडौं, बैशाख १६ । एएफ्सी अन्डर फोर्टिन महिला च्यम्पियन्सीप फुटबलमा नेपाली किशोरी टोलीले अर्को भारी अन्तरको पराजय ब्यहोरेको छ ।

ताजकिस्तानमा जारी प्रतियोगता अन्तर्गत आज सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ९–० को अन्तरले पराजित भएको हो ।

बुधबार सम्पन्न खेलमा पनि नेपालले भारतसँग समान ९–० को हार नै ब्यहोरेको थियो । योसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

दक्षिण एसियामा भारतसँगै महिला फुटबलको बलियो राष्ट्रको रुपमा परिचित नेपाली महिला फुटबलको खस्कँदो स्तरलाई किशोरी टोलीको पछिल्ला दुई नतिजाले झनै स्पष्ट पारेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको महिला फुटबलप्रति बेवास्ता, घरेलु प्रतियोगिता र निरन्तर प्रशिक्षणको अभाब, झारा टार्ने तयारी जस्ता कारणले गर्दा नेपाली महिला फुटबल झन् झन् ओरालो लाग्दै गईरहेको हो ।