२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


नेपाल ग्यासद्वारा पुराना र असुक्षित नौं सय थान सिलिण्डर नष्ट


0
Shares

काठमाडौं, बैशाख १६ । नेपाल ग्यासले पुराना र असुक्षित ग्यास सिलिण्डरहरु नष्ट गरेको छ ।

काठमाडौंको बाजालुस्थित आफ्नै कारखानामा विभिन्न स्थानबाट जम्मा गरिएका ९ सय १० थान पुराना तथा जोखिमपूर्ण सिलिण्डर नष्ट गरिएको प्रबन्धक राजेन्द्र दंगालले जानकारी दिए ।

यसरी नष्ट नगरिएका सिलिन्डरहरुमा म्याद नाघेका, कुच्चिएका लगायतका रहेका छन् । यसैबीच उद्योगले काठमाडौं उपत्यकामा ग्यासको बढ्दो मागलाई मध्यनगर गर्दै १ हजार टन क्षमताको ग्यास भण्डारण ट्यांक तथा अत्याधुनिक मेसिन जडान गरिरहेको छ ।

नेपाल ग्याससंग ८७ टन क्षमताको भण्डारण रहेकोमा एकै पटक बढाएर हजार टन पुर्‍याइएको हो । पाँच पाँच सय टन क्षमताका २ वटा स्टोरेज बुलेट जडानको काम अन्तिम चरणमा पुगेको छ ।