
धादिङ, वैशाख १६ । धादिङको पीडा गाविसस्थित सिउरेनी सामुदायिक वनबाट अवैध रुपमा निकासी गर्न लागिएको काठ स्थानीयबासिन्दाले बरामद गरी प्रहरीलाई बुझाएका छन् ।
बा२ख २६१९ नम्बरको गाडीमा राखेर बेच्न लगिएको अवस्थामा गजुरीका स्थानीयले काठ बरामद गरी इलाका प्रहरी कार्यालय गजुरीलाई बुझाएका हुन् ।
नेपाल चेपाङ संघ धादिङका अध्यक्ष समेत रहेका टेकबहादुर चेपाङले सामुदायिक वनको काठ बेच्न लगेको स्थानीयले आरोप लगाएका छन् । प्रहरीले नियन्त्रणमा लिएको करिब ९० क्युफिट काठ जिल्ला वन कार्यालय धादिङमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्