२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


जोरसालदेखि तमोर नदीसम्म जोड्ने सडक धमाधम कालोपत्रे हुँदै


0
Shares

फिदिम, वैशाख १६ । पाँचथरको जोरसालदेखि तमोर नदीसम्म जोड्ने सडकको कालोपत्रे गर्ने कामले अहिले तीब्रता पाएको छ । विभिन्न अवरोधका कारण पटक–पटक सडक निर्माणको काम रोकिँदा राष्ट्रिय गौरवको आयोजना, मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माण नै प्रभावित हुने अवस्थामा पुगेको थियो ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पाँचथरको फिदिम–५ स्थित जोरसालदेखि तमोर नदीसम्म जोड्ने सडकको कालोपत्रे गर्ने कार्यले अहिले तीब्रता पाएको छ । केहि महिना अघि नाकाबन्दी, भूकम्प तथा कोहिरी विवादका कारण कालोपत्रे गर्ने कार्य स्थगित भएपनि अहिले भने काम द्रुत गतिमा भइरहेको आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रा.लि.का प्रवन्ध निर्देशक तेजकुमार कुरुम्बाङ बताउँछन् ।

२०७० जेठ २८ गते सम्झौता भई ३३ महिनाभित्र काम सक्ने गरी सडकको कालोपत्रेको काम अघि बढेको थियो । तर फिदिम–५ भुजेल डाँडामा रहेको ढुंगा गिटी निकाल्न नपाइने भन्दै जिल्ला अदालत पाँचथमा मुद्दा परेपछि झण्डै ४ महिना काम स्थगित हुन पुग्योे ।

पछि अदालतले सफाई दिएपछि पुनः काम सुचारु भएको थियो । त्यसैगरी केहि महिना अघि भएको नाकाबन्दीका कारण इन्धनको अभावले झण्डै ३ महिनासम्म काम हुन सकेन ।
अहिले द्रुत गतिमा काम भइरहेको इन्जिनियर मोहन प्रसाद कायस्थ बताउँछन् ।

आयोजना तीब्र गतिमा अघि बढेकोले समयमै काम सक्ने आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रा.लिका कन्ट्रयाक्ट म्यानेजर केवी श्रेष्ठ बताउँछन् ।

आयोजनाको सम्झौता आगामी मंसिर २८ गते सकिँदैछ । सडकको कालोपत्रे गर्नेे कार्य पनि समयमै सकिने बताइएको छ । यो सडकको कालोपत्रे भएको तेह्रथुम आठराई भेगका झण्डै दुई दर्जन बढी गाउँ विकास समितिका सर्वसाधरण र पाँचथरबासी लाभान्वित हुनेछन् ।