
लन्डन, वैशाख १६ । बेलायतको लेबर पार्टीले इजरायलका बारेमा विवादित टिप्पणी गर्ने आफ्नो सांसद नाज शाहलाई निलम्बन गरेको छ ।
ब्रेडफोर्ड वेस्टकी सांसद नाजले आफ्नो फेसबुकमा पोस्ट गरेको टिप्पणीका कारण आलोचना झेल्दै आएकी थिइन् । उनले सांसद पदमा निर्वाचित हुनुअघि आफ्नो फेसबुकमा इजरायललाई अमेरिका लैजानुपर्ने टिप्पणी गरेकी थिइन् ।
उक्त टिप्पणीप्रति उनले संसदमा माफीसमेत मागेकी थिइन् ।
यसअघि लेबर पार्टीका नेता जेरेमी कोर्बिनले उनको टिप्पणीलाई ‘आक्रामक र अस्वीकार्य’ भनेका थिए । प्रधानमन्त्री डेविड क्यामरुनले उनलाई निलम्बन गर्नुपर्ने माग गरेका थिए ।
लेबर पार्टीले विज्ञप्ति जारी गर्दै जेरेमी कोर्बिन र नाज शाहबीच पारस्परिक सहमतिका आधारमा पार्टीका महासचिवले नाजलाई निलम्बन गरेको जनाएको छ । अनुसन्धान जारी रहँदासम्म उनले पार्टीको कुनै पनि गतिविधिमा भाग लिन नपाउने बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्