
काठमाडौं, वैशाख १६ । मूल्य र कारोबारमा भएको बृद्धिसँगै सेयर दलालहरुको कमाई दैनिक ५० लाख रुपैयाँसम्म पुगेको छ ।
गत असारदेखि फागुनसम्मको कारोबार रकम र त्यसमा दलालले लिने गरेको न्यूनतम कमिशन (शुल्क) का आधारमा यो रकम आएको हो । यसका आधारमा प्रत्येक दलालले दैनिक औसत करिब १ लाख कमाएको देखिन्छ ।
कार्यरत ५० दलालहरुमध्ये कार्यक्षमताका अनुसार केहीले धेरै र केहीले कम कमाउँदै आएका छन् ।
गत साउनदेखि फागुनसम्म ७० अर्ब ११ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त अवधिमा १४९ दिन सेयर कारोबार भएको थियो । दलालले खरिद र बिक्री दुबैमा समान शुल्क उठाउने भएकाले कारोबारको दोब्बर रकम शुल्कबाट लिन्छन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्