२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


आवश्यकताभन्दा बढी इन्धन राख्नु जोखिमपूर्ण : निगम


0
Shares

काठमाडौं, वैशाख १५ । नेपाल अयल निगमले सर्वसाधारणलाई आवश्यकताभन्दा बढी इन्धन जोहो नगर्न आग्रह गरेको छ ।

बजारमा इन्धन अभावको हल्लाले पम्पहरुमा लाइन बढेसँगै निगमले सूचना जारी गरी अनावश्यक हल्लाका पछि नलागी आवश्यक मात्रामामात्र इन्धन लिन आग्रह गरेको हो ।

हाल मुलुकमा खाना पकाउने एलपी ग्याससहित सबै पेट्रोलियम पदार्थ सहजरुपमा आयात् भैरहेको र सोहीअनुरुप वितरण भैरहेको हुँदा अनावश्यक सञ्चय गर्नतिर नलाग्न निगमले आग्रह गरेको छ ।

साथै, गर्मीयाम पनि बढ्दै गएको सन्दर्भमा इन्धन घरमा वा अन्यत्र पनि सञ्चय गर्नु सुरक्षाको दृष्टिकोणबाट अत्यन्त खतरायुक्त हुनेतर्फ पनि निगमले सचेत गराएको छ ।

निगमले बुधबारमात्र थानकोट डिपोबाट ५ लाख १८ हजार लिटर पेट्रोल र ४ लाख ४२ हजार लिटर डिजल बिक्री–वितरण गरेको जनाएको छ ।