२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


सुनको मूल्य एक सयले बढ्यो


0
Shares

काठमाडौं, वैशाख १५ । बुधबार पनि सुनको मूल्य उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बृद्धि भएर ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ४५ डलर हाराहारीमा कारोबार भएको थियो ।