१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कांग्रेसले अब संसदबाट सरकारलाई दबाब दिन्छ : सभापति देउवा


0
Shares

काठमाडौं, वैशाख १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अब मधेस समस्याको समाधनमा केन्द्रित हुने बताएका छन् ।

श्रीमती आरजुको उपचारका लागि भारत गएका देउवाले स्वदेश फर्किएपछि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै अब कांग्रेसले सरकारलाई जनताको पक्षमा काम गर्न संसदबाट दबाब दिने बताए ।

भूकम्पपीडितहरुका लागि सरकारले कामै गर्न नसकेको देउवाको आरोप थियो ।

भारतमा रहँदा सभापति देउवाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए ।